PRABHU BANK

सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो सबै प्रदेशको प्रदेश कार्यालयमा लर्निङ सेन्टर

काठमाडौँ । सिटिजन्स बैंकले सबै प्रदेशको प्रदेश कार्यालय भवनमा लर्निङ सेन्टर सञ्चालनमा ल्याएको छ । बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा एकसाथ लर्निङ सेन्टरहरू सञ्चालनमा ल्याएको हो ।

बैंकको सञ्चालक समितिका अध्यक्ष प्रबलजङ्ग पाण्डेले एक समारोहबीच भर्चुअल रुपमा लर्निङ सेन्टरहरुको उद्‌घाटन गरेका छन् । बैंकले कर्मचारीहरूलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरू सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरू सञ्चालन गर्न लर्निङ्ग सेन्टरको स्थापना गरेको हो ।

त्यस्तै, लर्निङ सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बागमतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकै पल्ट ३ सय ६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । उक्त अवसरमा अध्यक्ष पाण्डेले लर्निङ सेन्टरमा कार्यक्रमहरू सञ्चालन गर्न सहजता हुने र सञ्चालन भएका कार्यक्रमहरूले कर्मचारीहरूको व्यक्तित्व र क्षमता विकासमा मद्दत पुर्याउने अपेक्षा रहेको जानकारी गराएका छन् ।

यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन एवं सबै प्रदेशका प्रदेश प्रमुखका साथै क्लस्टर प्रमुख लगायत शाखा प्रमुखहरू गरी २ सय ६५ जना कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले सबै प्रदेशमा लर्निङ सेन्टरको स्थापनाले कर्मचारीहरूलाई आफ्नो कार्यस्थलमा कार्य सम्पादन गर्ने क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै