PRABHU BANK

सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा  नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव बटुलेका ज्ञवालीलाई बैठकले सोमबारदेखि नै लागू  हुनेगरि नियुक्त गरेको बैंकले जनाएको छ ।

वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिङ पेशा शुरु गरेका ज्ञवालीले नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन पनि गरिसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै