PRABHU BANK

धितो लिलामीमा लिएको घरजग्गा बिक्री गर्दै ग्लोबल आइएमई बैंक, खरीद गर्न इच्छुकले ७ दिनभित्र बोलपत्र फारम भर्नुपर्ने

काठमाडौं । गोलोबल आइएमई बैंकले धितो लिलामीमा लिएको घरजग्गा बिक्री गर्ने भएको छ । बैंकको नारायणगढ शाखा, चितवन र गुर्भाकोट शाखा, सुर्खेतको स्वामित्वमा रहेका घरजग्गाहरू गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको हो ।

बिक्री गर्न लागेको घरजग्गाहरू खरीद गर्न इच्छुक व्यक्तिले बैंकको शर्तअनुसार सूचना जारी गरेको ७ दिनभित्र बोलपत्र फारम भरी काठमाडौँका नक्सालस्थित बैंकको प्रधान कार्यलयको कर्जा असुली विभागमा पेश गर्नु पर्ने बैंकले जनाएको छ ।

बैंकले उक्त घरजग्गाहरू जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिणाममा बेच्ने भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै