PRABHU BANK

राष्ट्र बैंकद्वारा बजार निर्माता तथा बिक्री एजेन्टहरूको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजार निर्माता तथा बिक्री एजेन्टहरूको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले सरकारी ऋणपत्रहरूको निष्काशन, नवीकरण लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेकोले उनिहरूको लाइसेन्स खारेज खारेज गरेको हो ।

बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले यही असार १ देखि लाइसेन्स खारेज गरिएको जानकारी गराएको छ ।

राष्ट्र बैँकद्वारा जारी सूचनामा भनिएको छ, ‘२०८१ असार १ देखि सरकारी ऋणपत्रहरूको निष्काशन, नवीकरण, दोस्रो बजार कारोबार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेको सन्दर्भमा यसअघि नेपाल राष्ट्र बैंकले जारी गरेका सम्पूर्ण बजार निर्माता र बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी अनुरोध छ ।’

यसअघि नेपाल राष्ट्र बैंकले जारी गरेका सम्पूर्ण बजार निर्माता र बिक्री एजेन्टहरूले सो काम गर्दै आएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै