नक्कली क्यूआर कोड तथा नक्कली बैंक खाताको पहिचान गरेर बाढीपिडितलाई सहयोग गर्न राष्ट्र बैंकको आग्रह ! (सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने नाममा नक्कली क्यूआर कोड तथा नक्कली बैंक खाता प्रयोग गरी ठगी हुन सक्ने भन्दै सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

राष्ट्र बैंकले मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस लगायतका माध्यमबाट रकम पठाउँदा खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष रहेको अनिवार्य रूपमा यकिन गर्न अनुरोध गरेको छ।

साथै, रकम पठाउनुअघि रकम र खाताको विवरण पुन: जाँच गर्न, नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयका आधिकारिक वेबसाइटमा प्रकाशित बैंक खाता विवरण मात्र प्रयोग गर्न तथा सामाजिक सञ्जाल, इमेल र मेसेजिङ एपमार्फत फैलाइएका अनधिकृत क्यूआर कोड प्रयोग नगर्न आग्रह गरिएको छ। राष्ट्र बैंकले जारी गरेको सूचना हेर्नुहोस्:

nepal rastra bank press notice

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्