नेपाली उद्योगले विदेशी बैंकबाट परियोजना कर्जा लिन पाउने, ऋण दिने सम्बन्धित देशको कानुनसमेत पालना गर्नुपर्ने !

काठमाडौं । अव नेपालमा चलेका उद्योगहरुले विदेशी बैंकहरुबाट समेत ऋण लिन पाउने भएका छन् । औद्योगिक व्यवसाय ऐन, २०७६ संशोधन मस्यौदामा यस्तो सुविधाबारे उल्लेख छ ।

यद्यपी यस्तो ऋण लिन नेपाल राष्ट्र बैंकको स्वीकृति भने अनिवार्य छ । यसरी ऋण लिँदा ऋण दिने सम्बन्धित देशको कानुनसमेत पालना गर्नुपर्छ ।

सो व्यवस्थालाई बजारका जानकारहरुले मिस्रित प्रतिक्रिया दिएका छन् । एकाथरीले यो व्यवस्था निकै राम्रो भएको बताउँदा अर्काथरीले भने नेपालकै ऋण नगईरहेको अवस्थामा बिदेशी बैंकबाट ऋण लिने कुराले भविष्यमा नराम्रो अवस्थासमेत आउन सक्ने दाबी गरेका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्