PRABHU BANK

पोखरामा रहेको एनएमबी बैंकको एटीएम फुटाएर रकम चोर्न खोज्ने व्यक्ति पक्राउ

काठमाडौँ । एनएमबी बैंकको एटीएम फुटाएर रकम चोर्न खोज्ने व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका ५ जिरो किलोमा रहेको बैंकको एटीएम फुटाएर रकम चोर्न खोज्ने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका ३ घर भएका २३ वर्षीय रूपेश नेपाली रहेका छन् ।

उनले पोखरा महानगरपालिका ५ जिरो किलोमा रहेको बैंकको एटीएम फुटाएर रकम चोर्न खोजेका थिए । त्यस्तै, प्रहरीले उनलाई रकम चोरी गर्न नपाउँदै मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको हाल अनुसन्धान भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै