काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार १९ गते ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार यो २१ दिने निक्षेप संकलन उपकरणको साउन ९ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ ।