PRABHU BANK

नाडेप लघुवित्त वित्तीय संस्थाद्धारा चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ८३६९.११ प्रतिशतले बढ्यो खुद नाफा

Nadep Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस अवधिमा ८३६९.११ प्रतिशतले नाफा बढाएर १५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको वर्षको सोहि अवधिमा कम्पनीले १८ लाख ५२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
यसैगरी कम्पनीले खुद ब्याज आम्दानी ८७.५७ प्रतिशत र सञ्चालन नाफा २०७६.०५ प्रतिशतले बढाएको छ । असार मसान्तसम्म आईपुग्दा कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको रिजर्भ कोषमा ३६ करोड ७२ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९९ पैसाले बढेर ३८ रुपैयाँ ७५ पैसा पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै