PRABHU BANK

शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्दै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले दश वर्षदेखि शून्य मौज्दात रहेर कारोबार नभएका (निष्क्रिय) बैंक खाताहरू बन्द गर्ने भएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै दश वर्षदेखि शून्य मौज्दात रहेर कारोबार नभएका बैंक खाताहरू बन्द गर्ने जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकले शून्य मौज्दातका निष्क्रिय बैंक खाताहरू सार्वजनिक सूचना प्रकाशन गरी बन्द गर्न सक्ने प्रावधान गरेको छ । राष्ट्र बैंकको प्रावधान अनुरूप बैंकले निष्क्रिय खाता बन्द गर्न लागिएको जनाएको छ ।

बैंकले त्यस्ता खातावाला ग्राहकलाई आफ्नो खातामा न्यूनतम मौज्दात जम्मा गरी खाता अद्यावधिक गर्न पनि आग्रह गरेको छ । १५ दिनभित्र निष्क्रिय खाता अद्यावधिक नभएमा बन्द गरिने सूचनामा बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै