PRABHU BANK

सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त विद्यालयलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भुकम्पबाट क्षतिग्रस्त बाल विकास माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ । बैंकले बझाङ गोलाईमा अवस्थित बाल विकास माध्यमिक विद्यालयलाई पुनर्निर्माणको लागी एक लाख रुपैँया आर्थिक सहयोग उपलब्ध गराएको हो ।

गत असोजमा गएको विकासकारी भुकम्पले गर्दा विद्यालय भवनका कोठाहरू पूर्ण तथा आंशिक रुपमा क्षति ग्रस्त भएका र यसले गर्दा पठनपाठनमा समेत असर परेकाले बैंकले विद्यालय भवन निर्माणका लागि बैंकले उक्त सहयोग उपलब्ध गराएको हो ।

बैंकको यस कार्यबाट विद्यार्थीहरूको पठनपाठनमा केही सहजता हुने र उनीहरूले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने बैंक विश्वास छ । कक्षा १ देखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल करिव ३ सय विद्यार्थीहरू अध्ययनरत रहेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै