PRABHU BANK

बैंकहरूको आधार दर एक महिनामै ०.२० प्रतिशतले घट्यो

काठमाडौं । बैंकहरूको औसत आधार दर घटेको छ । बैंकहरूले सार्वजनिक गरेको ३ महिनाको औसत आधार दर अनुसार असार महिनामा मात्रै बैंकहरूको औसत आधार दर ०.२० प्रतिशत विन्दुले घटेको हो ।

बैंकहरूले सार्वजनिक गरेको १८ वटा बैंकको ३ महिनाको औसत आधार दर अनुसार जेठ महिनाको औसत आधार दर ८.६७ प्रतिशत निर्धारण भएकोमा असारमा भने ८.४७ प्रतिशत कायम भएको छ ।

नेपाल बैंक र स्टान्डर्ड चार्टर्ड बैंकले हालसम्म पनि असार महिनाको औसत आधार दर सार्वजनिक गरेका छैनन् । जेठको तुलनामा असारमा १७ वटा बैंकको आधारदर घटेको छ भने एनआइसी एसिया बैंकको बढेको पाइएको छ ।

अधिक तरलताको अवस्था आएसँगै बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधार दर पनि तल झर्दै गएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै