PRABHU BANK

बैंक अफ काठमाण्डू र सम्यक डाईग्रोष्टिक प्रा.लिबीच ग्राहकहरुलाई छुट दिने सम्बन्धी सम्झौता

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू र सम्यक डाईग्रोष्टिक प्रा.लिबीच ग्राहकहरुलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ । बैंक अफ काठमाण्डू र सम्यक डाईग्रोष्टिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० सम्म प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।
यस सम्झौताअनुसार ग्राहकहरुले सम्यक डाईग्रोष्टिकले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग गरे वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सम्यक डाईग्रोष्टिकले काठमाडौं उपत्यकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकि सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै