२५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ। यसअघि पुस १४ गते २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको राष्ट्र बैंकले पुस १६ गते थप २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने भएको छ । उक्त ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।

आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।

यो एकवर्षे अवधिको ऋणपत्र हो। जसको साँव भुक्तानी २०८३ पुस १६ गते हुन्छ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। उक्त ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। https://www.nrb.org.np/contents/uploads/2025/12/NRB-Bond_2083_Kha_Notice.pdf

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्