५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले पुस २० गते थप २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको हो ।

यसअघि पनि पुस १४ र पुस १६ गते राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो। राष्ट्र बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ग’ जारी गर्ने भएको हो।

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

यो एकवर्षे अवधिको ऋणपत्र हो। जसको साँव भुक्तानी २०८३ पुस २० गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै