‘बैंक खाताबाट अनधिकृत कारोबार भएमा तत्काल खबर गरौँ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबारबारे तत्काल खबर गर्न आग्रह गरेको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘तपाइँको खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ कहाँ र कसलाई खबर गर्ने थाहा पाउनु भएको छ ?, बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या समाधान सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगका लागि कर्मचारी (कस्टमर सपोर्ट टिम)को व्यवस्था गरेका हुन्छन्।’

कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र कस्टम सपोर्ट टिमलाई खबर गर्न केन्द्रीय बैंकले सुझाव दिएको छ। आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको आपतकालीन सहयोगका लागि सम्पर्क नम्बरहरु थाहा पाउन पनि सूचनामा आग्रह गरिएको छ। सूचनासहित:

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै