काठमाडौँ। विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गरेको छ। लघुवित्तले संस्थापक र सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व अनुपात ७०:३० कायम गर्न एफपीओ निष्काशन गरेकाे हाे।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९:२५.६१ रहेको थियो।
सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो। जसका लागि संस्थाले प्रतिसेयर १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गर्न लागेको छ ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो एफपीओको निष्काशन बन्द छिटोमा पुस २४ गते हुनेछ भने ढिलोमा माघ ५ गते हुनेछ। संस्थाको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

