काठमाडौँ। बैंकिङ कसुर मुद्धामा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरका सुस्मिता बोहरा क्षेत्री, आशा कुमारी थापा, ईश्वर मगर र मिथुन बल रहेका छन्।
जिल्ला अदालत मकवानपुरबाट विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत जरिवाना सजाय तोकिएपछि उनीहरू फरार रहेका थिए। क्षेत्री र बललाई १-१ हजार, थापा र मगरलाई ३-३ हजार चेक अनादर मुद्दामा जरिवाना तोकिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीको लागी मकवानपुर जिल्ला अदालत हेटौडामा बुझाइएको प्रहरीले जनाएको छ।

