PRABHU BANK

महालक्ष्मी विकास बैंक र ई-सेवा मनी ट्रान्सफरबीच सम्झौता, ई-सेवा रेमिट मार्फत रकम जम्मा गर्न सकिने

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र ई-सेवा मनी ट्रान्सफरबीच सम्झौता भएको छ । बैंकले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले ई-सेवा मनी ट्रान्सफर प्रा.लिसँंग सम्झौता गरेको हो । उक्त सम्झौता श्रावण २९ गते शुक्रबार भएको हो ।
उक्त सम्झौता पत्रमा ई-सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगैअब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई-सेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने भएका छन् । बैंकले हाल सम्म २४ वटा रेमिट्यान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै