PRABHU BANK

भारतीय रिजर्व बैंकले पायो ‘रिस्क म्यानेजर अफ द एयर’ अवार्ड

काठमाडौँ । भारतीय रिजर्व बैंक (आरबीआई) ले  ‘रिस्क म्यानेजर अफ द एयर’ अवार्ड पाएको छ । आरबीआईले बेलायतको लन्डनमा रहेको प्रमुख प्रकाशन केन्द्रीय बैंकिङद्वारा ‘रिस्क म्यानेजर अफ द एयर अवार्ड २०२४’ पाएको हो । 

यो सम्मानले भारतीय वित्तीय प्रणालीको स्थायित्वको सुरक्षामा यसको निर्णायक भूमिकाको पुष्टि गर्दै जोखिम संस्कृति र सचेतना अभिवृद्धि गर्नमा आरबीआईको उदाहरणीय कदमलाई मान्यता दिएको छ । 

त्यस्तै, आरबीआईको तर्फबाट कार्यकारी निर्देशक मनोरञ्जन मिश्रले अवार्ड ग्रहण गरेका थिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै