PRABHU BANK

एनआईसी एशिया बैंकद्वारा प्यान अद्यावधिक गर्न आग्रह

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो प्यान अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान नम्बर अद्यावधिक गर्न आग्रह गरेको हो ।

ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एपमा रहेको ‘प्यान अपडेट’ गई प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।

साथै, बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत प्यान अद्यावधिक गर्नका लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ । प्यान अद्यावधिक नगराएको कारणले ई-टीडीएसमा ब्याज कर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०-०१-७७७७१, ०१-५९७०१०१ मा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै