PRABHU BANK

१० महिनामा वाणिज्य बैंकहरूबाट सुनचाँदी धितो राखेर ५० अर्ब बढी कर्जा प्रवाह

काठमाडौँ ।  वाणिज्य बैंकहरूबाट सुनचाँदी धितो राखेर ५० अर्ब बढी कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनासम्म वाणिज्य बैंकहरूले सुनचाँदी धितो राखेर ५० अर्ब ८४ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

२० वाणिज्य बैंकमध्ये १५ वटा बैंकले सुनचाँदी धितो राखेर सो कर्जा प्रवाह गरेका हुन् । त्यसैगरी सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा नेपाल बैंक रहेको छ । यस बैंकले उक्त अवधिमा २० अर्ब ८६ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले सुनचाँदी धितो राखेर १९ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यता एनएमबी बैंकले भने सुनचाँदी धितो राखेर सबैभन्दा कम कर्जा प्रवाह गरेको छ । यस बैंकले ७ लाख रुपैयाँको हाराहारीमा मात्रै कर्जा प्रवाह गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै