PRABHU BANK

प्रभु बैंकको नयाँ शाखा जाजरकोटको खलंगा बजारमा सञ्चालन

काठमाडौँ । प्रभु बैंकले जाजरकोटको खलंगा बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले भेरी नगरपालिका वडा नं ४ स्थित खलंगा बजारमा आफ्नो ३०७औँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ ।

त्यस्तै, यस अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धिका साथै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकको विश्वास छ ।

बैंकको जाजरकोट शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घसंस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै