PRABHU BANK

असार महिनामा ११ वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, ३ बैंकको बढ्यो

काठमाडौँ । असार महिनामा ११ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । जेठ महिनाको तुलनामा असारमा ११ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका हुन् ।

ब्याजदर घटाउनेमा एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

असारमा वाणिज्य बैंकहरुमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औषतमा ०.१२ प्रतिशतबिन्दु र संस्थागततर्फ ०.१३ प्रतिशत बिन्दुले घटेको छ । ब्याजदर घटाउनेमा सबैभन्दा अगाडि ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले असार महिनामा मुद्दती निक्षेपको ब्याजदर सर्वाधिक १ प्रतिशत बिन्दुले घटाएको छ ।

त्यस्तै, असारमा तीन वाणिज्य बैंकले भने ब्याजदर बढाएका छन् । ब्याजदर बढाउनेमा माछापुच्छ्रे बैंक, हिमालयन बैंक र नबिल बैंक रहेका छन् । हिमालयन बैंकले असारमा सबैभन्दा धेरै ब्याजदर बढाएको छ । बैंकले असारमा व्यक्तिगत मुद्दती निक्षेपमा ०.७५ र संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत बिन्दुले ब्याजदर बढाएको हो ।

यता ५ वटा बैंकले भने जेठ महिनाकै ब्याजदर असारमा यथावत राख्ने भएका छन् । ब्याजदर यथावत राख्नेमा कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंक रहेका छन् ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याज दिनेमा कृषि विकास बैंक नै रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.६६१ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशतका दरले ब्याज दिनेछ । जेठ महिनामा पनि बैंकले सोही दरमा ब्याज दिइरहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै