PRABHU BANK

नेपाल बैंकले जलजला बहुमुखी क्याम्पसका कर्मचारीहरुलाई सेवाग्राही कर्जा दिने

काठमाडौं । नेपाल बैंक र रोल्पाको जलजला बहुमुखी क्याम्पसबीच कर्जासम्बन्धी सम्झौता भएको छ । बैंक र रोल्पा जिल्लास्थित जलजला बहुमुखी क्याम्पसबीच क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीहरूलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

कम्पनीको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख सुशील कुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले उक्त्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

क्याम्पस प्रमुख खड्का क्षेत्रीले नेपाल बैंकले प्रदान गर्दै आइरहेको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरूबाट आफूहरू सन्तुष्ट र उत्साहित रहेको बताएका छन् । त्यसैगरी, कम्पनीको तर्फबाट प्रदेश प्रमुख नेपालले क्याम्पसलाई आफ्नो वित्तीय कारोबारहरू बैंकको इबैंकिङमार्फत सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसँग वित्तीय सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै