PRABHU BANK

१० महिनामा फाइनान्स कम्पनीहरूको घाटा ६९ करोड २६ लाख रुपैयाँ, धेरै नाफा कमाउनेमा मञ्जुश्री फाइनान्स

काठमाडौँ । फाइनान्स कम्पनीहरूको खुद घाटा ६९ करोड २६ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा फाइनान्स कम्पनीहरूको घाटा झण्डै ७० करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

उक्त समयमा सबैभन्दा धेरै घाटा पोखरा फाइनान्सको रहेको छ । वैशाख मसान्तसम्म पोखरा फाइनान्सको खुद घाटा १७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

यता समृद्धि फाइनान्सले १३ करोड ३६ लाख, जानकी फाइनान्सले ९ करोड ६९ लाख रुपैयाँ, गुडविल फाइनान्सले ७ करोड ४८ लाख, प्रोग्रेसिभ फाइनान्सले ६ करोड १४ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड २३ लाख, रिलायन्स फाइनान्सले ५ करोड २ लाख र गुहेश्वरी मर्चेन्टले ४ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेका राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, सो समयावधिमा १७ फाइनान्समध्ये ९ फाइनान्स कम्पनीले भने नाफा कमाएका छन् । यसैगरी सबैभन्दा धेरै नाफा कमाउनेमा मञ्जुश्री फाइनान्स रहेको छ । यस कम्पनीले २० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै