PRABHU BANK

प्रभु बैंकको नयाँ शाखा बैतडीमा सञ्चालन, सर्वसाधारणको घर आँगनसम्म सहज रुपमा बैंकिङ सेवा विस्तार

काठमाडौँ । प्रभु बैंकले बैतडीको देहीमाडौँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बैतडीको देहीमाडौँमा ३०३औँ शाखा सञ्चालनमा ल्याएका हो ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति जेठ ३० गतेदेखि दशरथचन्द नगरपालिका वडा नं २ स्थित देहीमाडौँमा नयाँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको देहीमाडौं शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुन्छन् । साथै, यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै