PRABHU BANK

२ वर्षमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या १९ लाखले बढ्यो !

काठमाडौँ । दुई वर्षमा नेपालमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या बढेको छ  । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७९ असारदेखि २०८१ वैशाखसम्म डेबिट कार्ड प्रयोगकर्ताको संख्या १९ लाखले बढेको हो ।

२०७९ असार मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताको संख्या कुल १ करोड ८ लाख रहेको थियो । जुन २०८१ वैशाख मसान्तसम्ममा १९ लाखले बढेर डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २७ लाख पुगेको छ ।

राष्ट्र बैंकका अनुसार सो समयमा डेबिट कार्डमार्फत ९७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै