PRABHU BANK

वाणिज्य बैंकहरूले कमाए १० महिनामा ४८ अर्ब ५९ करोड रुपैयाँ, सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक

काठमाडौँ । वाणिज्य बैंकहरूले १० महिनामा ४८ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । बैंकहरूले चालु आर्थिक वर्षको १० महिनामा ४८ अर्बभन्दा बढी नाफा कमाएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । सो अवधिमा नबिल बैंकले कुल ५ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ । ग्लोबल आइएमई बैंकले भने कुल ४ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ ।

यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ कमाएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकले भने ३ अर्ब २२ करोड नाफा कमाएका छन् ।

उक्त अवधिमा सबैभन्दा कम नाफा नेपाल बैंकको रहेको छ । यस बैंकले ५९ करोड रुपैयाँ नाफा कमाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै