PRABHU BANK

कामना सेवा विकास बैंकका ग्राहकले थाइरो ल्याबमा २० प्रतिशत छुट पाउने

काठमाडौँ । कामना सेवा विकास बैंकका ग्राहकले थाइरो ल्याब बुटवलमा छुट  पाउने भएका छन् । बैंकका ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवासुविधामा २० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकसँगको आबद्धताको प्रमाणको आधारमा बैंकका ग्राहकहरूले यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल आफ्ना १ सय ३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै