PRABHU BANK

नेपाल राष्ट्र बैंकले मिर्मिरे लघुवित्तका अध्यक्ष बोहरालाई गरेको कारवाही उच्च अदालतद्धारा खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मिर्मिरे लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष टेक बहादुर बोहरालाई गरेको कारवाही खारेज भएको छ । राष्ट्र बैंकले वित्तीय स्वार्थ रहेको कम्पनी सौगात ट्रेड एण्ड सप्लायर्सबाट ट्याक्टर बिक्री गर्ने प्रयोजनका लागि लघुवित्तबाट सीमाभन्दा बढी कर्जा प्रवाह भएको भन्दै गरेको कारवाही उच्च अदालतले खारेज गरेको हो ।

राष्ट्र बैंकले बोहरालाई ५ लाख जरिवाना र ५ बर्षसम्मका लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाको अध्यक्ष हुनबाट बन्चित गरेको थियो ।

राष्ट्र बैंकले कारवाही गरेपछि उनी बदरको माग गर्दै उच्च अदालत पुगेका थिए । अदालतले सो कारवाही खारेज गरेसँगै बोहरा बैंक तथा वित्तीय संस्थाको अध्यक्ष बन्न पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै