PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकलाई ग्यास्ट्रो सेन्टर बुटवलको सेवामा २० प्रतिशत छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलको सेवामा छुट पाउने भएका छन् । बैंक र मैत्रीपथ, बुटवल स्थित ग्यास्ट्रो सेन्टर बुटवलबीच ग्राहकहरूलाई विशेष छुट दिने बारे सम्झौता भएको हो ।

सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकका ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरूमा २० प्रतिशत सम्मको छुट पाउने बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैङ्किङ माध्यमहरूको प्रयोगलाई बढाउन डिजिटल कारोवारहुने संस्थाहरूसंग सम्झौता गर्दै र आफ्ना ग्राहकहरूलाई छुटको व्यवस्था पनि गर्दै आएको छ ।

हाल ५५ जिल्लाबाट देवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए।टी।एम। र ९८ वटा शाखा रहित बैङ्किङ इकाईहरुबाट १७ लाख ४५ हजार ग्राहकवर्गलाई आधुनिक बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै