PRABHU BANK

सिटिजन्स बैंकद्वारा बाराका अग्नि पीडितहरूलाई राहत वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाराका अग्नि पीडितलाई राहत वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सप्तरी राजविराज स्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ घर धुरी अग्नि पीडितहरूलाई राहत स्वरुप खाद्यान्न सामाग्री र लत्ता कपडाहरू वितरण गएको  हो ।

गत वैशाख १८ गते भएको आगलागीबाट घर जलेर घरबारविहीन भएका परिवारहरूलाईको दिनचर्यामा केही दिनको लागी भए पनि सहज होस् भन्दै सहयोग स्वरूप उक्त सामाग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

पीडितहरूलाई राहत वितरण कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख, क्लस्टर प्रमुख, राजविराज शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरू तथा टोलका समाजसेवी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै