PRABHU BANK

‘सहुलियतपूर्ण कर्जाको नीतिलाई पुनर्संरचना गरिने छ’: डेपुटी गभर्नर मिश्र

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सहुलियतपूर्ण कर्जाको नीतिलाई पुनर्संरचना गरिने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजेटले घोषणा गरेअनुसार सहुलियतपूर्ण कर्जाको नीतिलाई पुनर्संरचना गरिने बताएका हुन् ।

डेपुटी गभर्नर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण रहेको जानकारी दिएका छन् । उनले सो कार्यक्रम कार्यान्वयनको नेतृत्व गर्न राष्ट्र बैंक तयार रहेको उल्लेख गरेका छन् ।

उनले कार्यक्रममा बोल्दै भने, ‘बजेट यस्तो नीति आउनु एकदमै स्वागतयोग्य छ । यसको नेतृत्व लिने राष्ट्र बैंकले नै हो । त्यसका लागि हामी तयार नै छौं ।’ त्यसैगरी डेपुटी गभर्नरले बजेटले सरकार र राष्ट्र बैंकका कामबीच तादम्यता मिलाएको पनि जानकारी दिएका छन् । यसले बजेट कार्यान्वयनमा सहजता प्रदान गर्ने उनको भनाई छ ।

यस्तै, डिजिटल भुक्तानीको प्रवर्द्धन, केन्द्रीय बैंक डिजिटल करेन्सी, ग्रीन फाइनान्स ट्याक्सोनोमी लगायत विषयलाई बजेटमा समावेश गर्दै वित्तीय क्षेत्र सुधार गर्ने बजेटको घोषणाले राष्ट्र बैंकको कार्यक्रमलाई थप सहयोग पुग्ने उनी बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै