PRABHU BANK

बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने ८८ हजारबढी ऋणी खराब सूचीमा

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने ८८ हजार ऋणीहरू खराब सूचीमा परेका छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा बैंक तथा वित्तिय  संस्थाको ऋण नतिर्ने ८८ हजार १ सय ४५ ऋणीहरू खराज सुचीमा परेका हुन् ।  

आइतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०-८१ को आर्थिक सर्वेक्षण अनुसार बैंक तथा वित्तीय संस्थाका गरी खराब सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार १  सय ४५ पुगेको पाइएको छ ।

यस्तै चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म ३१ हजार ५ सय ४७ जना ऋणी खराब सूचीमा परेका छन् भने सो अवधिमा खराब सूचीबाट बाहिरिएका ऋणीहरूको संख्या ८ हजार ३ सय ७ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै