PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकहरूले काभ्या हस्पिटलमा २५ प्रतिशत छुट पाउने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरूले काभ्या हस्पिटलमा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र जनकपुरधाम धनुषा स्थित काभ्या हस्पिटल प्रा.लि.बीच विशेष छुट दिने समझदारी भएको हो।

सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैङ्किङ ग्राहकहरूले काभ्या हस्पिटलका सेवाहरूमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ । बैंकले डिजिटल बैङ्किङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

बैंकले देशैभरी रहेका आफ्ना १ सय ९० वटा शाखा १ सय ५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैङ्किङ ईकाईहरुबाट १७ लाख ४२ हजार ग्राहकवर्गलाई आधुनिक बैङ्किङ सेवाहरू प्रदान गर्दै आएको छ। हाल ५५ जिल्लामा आफ्ना सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ पाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै