PRABHU BANK

प्रभु बैंकका ग्राहकलाई फार्म हाउस होटलमा छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहकलाई फार्म हाउस होटलमा छुट हुने भएको छ । प्रभु बैंक र मनाङमा रहेको फार्म हाउस होटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट हुने भएको हो ।

सो सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड-क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा छुट पाउनेछन् ।

बैंकले फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरूमा बैंकका कर्मचारी तथा ग्राहकहरूलाई विशेष छुट हुने जनाएको छ ।

फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ र प्रभु बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले एक समारोहकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै