PRABHU BANK

लक्ष्मी सनराइज बैंकले गर्यो शाखा स्थानान्तरण गरी सेवा विस्तार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका १० कपनमा रहेका २ शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा नं १२ स्थित फैकामा स्थानान्तरण गरी सेवा विस्तार गरेको हो ।

सो शाखा स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ ।

लक्ष्मी सनराइज बैंकको हाल सञ्चालनमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटिएम, २८ एक्सटेन्सन काउन्टर र १२९ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै