PRABHU BANK

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा मिलन सिग्देल नियुक्त

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् । कम्पनीको (आज) जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले सिग्देललाई नियुक्त गरेको हो ।

उनी सञ्चालकमा नियुक्त भएसँगै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा उल्लेख भएको व्यवस्था अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कम्पनीको संस्थापक समूहमा एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक कमल खड्काको स्थानमा सिग्देल नियुक्त भएका  हुन् ।

अबको कार्यकाल सिग्देलले सम्हाल्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै