PRABHU BANK

रिजर्भ बैंक अफ इन्डियाले सरकारलाई करिव १० खर्ब लाभांश हस्तान्तरण गर्ने

काठमाडौँ ।  भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डियाले सरकारलाई ठूलो परिमाणमा लाभांश हस्तान्तर गर्ने देखिएको छ । समाचार संस्था सिएनबीसीका अनुसार रिजर्भ बैंक अफ इन्डियाले करिब १० खर्ब भारतीय रुपैयाँ लाभांश भारत सरकारलाई हस्तान्तरण गर्ने भएको हो । 

उक्त लाभांश गत वर्षको भुक्तानी भन्दा उल्लेख्यरूपमा बढी रहेको पनि जनाइएको छ । हालै मात्र आरबीआईले ट्रेजरी बिलहरु मार्फत सरकारले उठाउने ऋण रकममा करिब ६ खर्ब रुपैयाँले कटौती भएको घोषणा गरेको थियो । केन्द्रीय बैंकले सरकारलाई विगतको ६ खर्ब रुपैयाँ बराबरको ऋणहरु समयअघि नै चुक्ता गर्ने कार्यमा पनि समर्थन गरेको थियो । यसबाट केन्द्र सरकारको वित्तीय स्थितिमा उल्लेख्य सुधार हुने देखिएको छ । 

बैंकले मे महिनाको अन्त्यसम्ममा अतिरिक्त रकम सरकारलाई हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । युनियन बैंक अफ इन्डियाका प्रमुख आर्थिक सल्लाहकार कनिका पास्रिचाले आरबीआईले गत आर्थिक वर्षका लागि सरकारलाई १० खर्ब भारु लाभांश हस्तान्तरण गर्ने अपेक्षा गरिएको बताएकी छिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै