PRABHU BANK

एनआईसी एशिया बैंकको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकले ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।

इच्छुक लगानीकर्ताले खरिद गर्न पाउने गरी आइतबारदेखि बैंकले सेयर लिलामीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय ५८ रुपैयाँ तोकिएको छ भने खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएक छ ।

बैंकका अनुसार बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा १ सयले भाग जाने गरी सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति भने जेठ २० गतेसम्म तोकिएको छ ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, बुटवल, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा पेश गर्नुपर्ने भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै