PRABHU BANK

‘बैंकिङ क्षेत्रले हरित अर्थतन्त्रमा टेवा पुर्याउन महत्वपूर्ण भूमिका खेल्छ’: एनबीई अध्यक्ष ओकासा

काठमाडौँ । नेशनल बैंक अफ इजिप्ट (एनबीई) का अध्यक्ष हिशाम ओकासाले बैंकिङ क्षेत्रले हरित अर्थतन्त्रमा टेवा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । अध्यक्ष ओकासाले इजिप्टको बजारमा सञ्चालित बैंकहरूले हरित अर्थतन्त्रमा संलग्न कम्पनीहरूलाई सहयोग र वित्त पोषण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

उनले बैंकिङ क्षेत्रले विभिन्न प्रमुख क्षेत्रहरूमा वातावरणमैत्री परियोजनाहरूलाई सक्रिय रूपमा लगानी गर्दै आएको उल्लेख गरेका छन् ।

ओकाशाले लघु, साना तथा मझौला उद्यम (एमएसएमई) लाई वित्त पोषण गर्न एनबीई र विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबीच सहकार्य भइरहेको जानकारी दिएका छन् । यी प्रयासहरू दिगो विकासका लक्ष्यहरू र इजिप्टको भिजन २०३० सँग मेल खाने उनी बताउँछन् ।

यस छलफलहरू संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टको वार्षिक फोरमको पहिलो संस्करणको ढाँचा भित्र ‘दिगो वित्त:अफ्रिकामा दिगो विकासमा लगानी’ शीर्षकको सत्रमा भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै