PRABHU BANK

नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै, कति पाइन्छ ब्याज ?

काठमाडौँ । नेपाल एसबीआई बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ‘नेपाल एसबीआई बैंक डिबेन्चर-२०९०’ नामक ऋणपत्र जारी गर्ने भएको हो ।

बैंकले नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने जनाएको छ । जसमा १८ लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने बाँकी १२ लाख इकाईको सार्वजनिक निष्कासन गरिनेछ ।

बैंकले जारी गर्न लागेको यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् ।

नेपाल एसबीआई बैंकको ऋणपत्रको बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै