नेपाल एसबिआई बैंकको नाफा बढ्यो, कमायो २ अर्ब बढी नाफा, इपिएस १८ रुपैयाँ ४ पैसा कायम ! (विवरणसहित)

काठमाडौँ । नेपाल एसबिआई बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो।

जस अनुसार बैंकको खुद नाफा १२.८९ प्रतिशतले बढेको छ । बैंकले २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि १ रुपैयाँ ४२ पैसाले बढेर १८ रुपैयाँ ४ पैसा पुगेको छ ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी १.३० प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ७.१२ प्रतिशतले बढेको छ । यता बैंकको कुल सञ्चालन आम्दानी पनि ५.२१ प्रतिशतर सञ्चालन मुनाफा ६.२२ प्रतिशतले बढेको छ।

यता बैंकको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा पुगेको छ । बैंकको जगेडा कोषमा १० अर्ब ७३ करोड ७७ लाख रुपैयाँ सञ्चित रहेको बैंकले सार्वजनिक गरेको विवरणले जनाएको छ।

बैंकले यस अवधिमा कुल २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल १ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो रिपोर्ट बैंकिङ संसारको रिपोर्ट पोर्टलमा हेर्न सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्