HIMALAYAN LIFE
Banking Sansar Mobile App

अध्यक्ष पाँडेसहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ संचालक नै फरार सूचीमा !

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ जना संचालक नै अदालतको फरार सूचीमा रहेको पाइएको छ । बैंक जोडिएको स्मार्ट टेलिकम घोटाला प्रकरणमा ६ जना संचालकलाई नै फरार सूचीमा राखेर मुद्धा दायर भएको हो ।
फरार सूचीमा हुनेमा अध्यक्ष पृथ्वी बहादुर पाँडे, प्रजन्य राज भण्डारी, कवि कुमार टिब्रेवाला, दिवाङ्कर शाक्य उडाई, शालिकराम बेलबासे, र शोभा श्रेष्ठ छन् ।
उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध, र बैंक तथा वित्तीय संस्था सम्बन्धि कसुरमा मुद्धा परेको छ । सरकारी स्वामित्वमा आईसकेको सम्पत्ति एनसेलसँगको मिलेमतोमा लिलामी गरेको आरोप उनीहरुमाथि छ ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।