PRABHU BANK

‘युरोपेली बैंकहरूले रुसमा बढ्दो जोखिमको सामना गर्नुपर्छ’ : अमेरिकी ट्रेजरी सचिव येलेन

काठमाडौँ । अमेरिकी ट्रेजरी सचिव (वित्त विभाग) जेनेट येलेनले युरोपेली बैंकहरूले रूसमा सञ्चालन हुने बढ्दो जोखिमको सामना गर्नुपर्ने बताएकी छिन् ।  मे २५ मा वाशिङटन डीसीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

जेनेट येलेनले रुसमा बढ्दो जोखिमले विश्व अर्थ तन्त्र लगायत युरोपेली बैंकहरूले पनि जोखिमको सामना गर्नुपर्ने जानकारी दिएकी छिन् । समयमै सम्भावित जोखिम बारे बेलैमा सोचिएन भने यसले अन्य वित्तिय क्षत्रमा पनि गहिरो असर गर्ने उनको भनाइ छ ।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले रूसको युद्ध प्रयासको लागि आर्थिक सहयोग गर्ने बैंकहरूमा दोस्रो प्रतिबन्धलाई बलियो बनाउने प्रयास गरिरहेको छ । जेनेटले रुससँग व्यापार गर्ने बैंकहरूमा आफूहरूले कडा प्रतिबन्धको कदम चाल्ने पनि बताइन् । तर कुन-कुन बैंकले रुसलाई सहयोग गर्दैछन् भन्ने बारे भने उनले केही खुलाएकी छैनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै