PRABHU BANK

बैंकहरु र सुपर बागमती हाइड्रोपावरबीच जलविद्युतमा लगानी गर्ने सम्झौता

काठमाडौं । बैंकहरु र सुपर बागमती हाइड्रोपावरबीच ४१ मेगावाटको जलविद्युतमा लगानी गर्ने बारे सम्झौता भएको छ । लक्ष्मी सनराइज बैंक लि. को अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लि. बीच सो कम्पनीले ललितपुर र मकवानपुर जिल्लास्थित बागमती नदीमा निर्माण गर्ने ४१.३१४ मे.वा. क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको हो ।

आयोजनाको कूल लागत ९.२८ अर्ब रहेको छ भने यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने बैंकहरुको विश्वास छ ।

सुपर बागमती हाइड्रोपावरले माघ १२, २०७८ मा विध्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिई असार २५, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विध्युत खरिद बिक्री सम्झौता गरिसकेको छ । सो कम्पनीको प्रवर्द्वकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि. र ए.एन.के कन्स्ट्रकशन रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै