PRABHU BANK

मुक्तिनाथ विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले इलाम र महोत्तरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत  इलाम चियाबारी पाटेनागी ७ मा करिब २५० वटा तथा महोत्तरीको बर्दिबास नगरपालिका ६ किसननगरमा १ सय वटा कागतीका बिरुवाहरू रोपेको हो ।

हरियाली प्रर्वद्धनका लागि आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, अभियानकर्ता तथा स्थानीय नगरवासीहरू पनि सहभागी रहेका थिए ।

सो कार्यले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुग्ने बैंकको विश्वास छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै