PRABHU BANK

खुद्रा व्यवसायमा लगानी बढाउँदै रोयल बैंक अफ क्यानडा

काठमाडौँ । रोयल बैंक अफ क्यानाडा (आरसिबी)ले खुद्रा व्यवसायमा लगानी बढाउने भएको छ । बैंकले संकटमा परेका खुद्रा व्यवसायीलाई पूरानै लयमा फर्काउनका लागि खुद्रा व्यवसायमा लगानी बढाउने योजना ल्याएको हो ।

बैंकको यस्तो प्रयाससँगै कोरोना माहामारी र आर्थिक मन्दीका कारण धराशायी बनेका खुद्रा व्यवसायीहरुको दैनिकी पुनः सहज हुने विश्वास गरिएको छ ।

त्यस्तै, विभिन्न निकायहरुसँगको सहकार्यमा आर्थिक मन्दीका कारण निराश बनेका साना व्यावसायीहरुलाई बिस्तारै आर्थिक कारोबारमा फर्काउने कार्यहरु पनि गर्दै आएको आरबिसीले जनाएको छ । जसका कारण मन्दी र माहामारीका कारण समस्यामा परेका तथा विस्थापित भएका साना व्यवसायीहरुलाई पुनः व्यवसाय सञ्चालन गर्न तथा आर्थिक सुधारमा सहज हुने भएको छ ।

यसका साथै आरसिबीले पछिल्लो समय होटेल व्यावसायमा पनि लगानी बढाउँदै आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार आरसिबीको यस्तो पहलले क्यानडाको आर्थिक जनजीवन सुध्रिने विश्वास गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै