prabhu

सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा साइकल र्याली गर्ने

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा साइकल र्याली गर्ने भएको छ । बैंकले वातावरण स्वच्छ सफा राख्ने उद्देश्यले साइकल र्यालीको कार्यक्रम आयोजना गरेको हो ।

साइकल र्यालीमा सहभागी हुन इच्छुक व्यक्तिहरुले जेठ १९ गते भित्र नि:शुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न सक्नेछन् ।

सो र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले जेठ १९ गते शनिबार ‘इन्धन बचाऔं, वातावरण जोगाऔं,’ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागेको हो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै